Posted time May 7, 2023
  • Position: जिल्ला संयोजक
  • No. of Positions: २ (१ जना कैलाली जिल्ला सुदुरपश्चिम प्रदेशको लागि; १ जना सुर्खेत जिल्ला कर्णाली प्रदेशको लागि)
  • Type: Full time
  • Location: धनगढी, कैलाली र विरेन्द्रनगर नगरपालिका, सुर्खेत
  • Deadline: २०८० वैसाख २९ गते ५.०० बजेभित्र

राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ-नेपाल (निडवान) आदिवासी अपाङ्गता भएका महिलाद्वारा स्थापित र उनीहरुद्वारा नै नेतृत्व गरी सञ्चालन गरिएको एक गैरनाफामूलक अपाङ्गता भएका महिलाहरुको संस्था हो । हाल यस संस्थाको नेतृत्वमा राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल, सुदुरपश्चिम प्रदेश र अपाङ्ग सचेतना तथा सञ्चार सेवा केन्द्र, सुर्खेतको साझेदारीमा  नेपालमा सुशासन तथा विकास प्रक्रियामा अपाङ्गता अधिकार र समावेशीता प्रवर्द्दन गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरुको संघसंस्थाहरुलाई क्षमता विकास सहयोग परियोजना सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला र कर्णाली प्रदेशको सुर्खेत जिल्लामा सञ्चालन हुन गइरहेको छ । UN Women को आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको उक्त एक वर्षे परियोजनाका लागि निम्न बमोजिमको कर्मचारीको आवश्यकता परेको हुँदा योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आफ्नो आवश्यक कागजपत्र (शैक्षिक प्रमाणपत्र, तालिमको प्रमाणपत्रहरु, विगतमा काम गरेको संघसंस्था तथा कार्यक्रमको प्रमाणपत्र, आदि) सहित निवेदन दिनुहुनका लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक पद:  जिल्ला संयोजक

आवश्यक संख्या: १ जना कैलाली जिल्ला सुदुरपश्चिम प्रदेशको लागि; १ जना सुर्खेत जिल्ला कर्णाली प्रदेशको लागि

कार्यस्थल: राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल, सुदुरपश्चिम प्रदेशको कार्यालय, धनगढी कैलाली र
अपाङ्ग सचेतना तथा सञ्चार सेवा केन्द्र, सुर्खेतको कार्यालय, विरेन्द्रनगर नगरपालिका, कर्णाली प्रदेश

प्रदेश तथा स्थानिय तहको परियोजना सञ्चालन साझेदार संस्था: कैलाली जिल्ला सुदुरपश्चिम प्रदेशको लागि – राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल, सुदुरपश्चिम प्रदेश
सुर्खेत जिल्ला कर्णाली प्रदेशको लागि – अपाङ्ग सचेतना तथा सञ्चार सेवा केन्द्र, सुर्खेत

आवश्यक अनुभव तथा योग्यता :

  1. न्युनतम येग्यता उल्लेखित कार्यक्षेत्रमा अपाङ्गताभित्र पनि अति सीमान्तकृत तथा न्यूनप्रतिनिधित्व भएका समूहहरु जस्तै दलित, मधेशी, आदिवासी जनजाति, मुस्लिम, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अपाङ्गता भएका व्यक्तिहरु, पूर्ण अशक्त र अति अशक्त भएका अपाङ्गता भएका व्यक्तिहरु, मनोसामाजिक, वौद्दिक, श्रवण-दृष्ट्रिविहीन, अटिज्म, हिमोफिलिया, अल्विनो, तीनमा पनि अझै अपाङ्गता भएका महिलाहरु, आदिको बारेमा जानकारी भएको
  2. संयोजनकारी भूमिकामा अनुभव र सीप दुबै भएको
  3. अपाङ्गता अधिकार तथा समावेशीकरण सम्बन्धी कम्तीमा १ वर्ष काम गरेको
  4. स्थानिय तथा प्रादेशीक तहका अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधिसंघसंस्था तथा अन्य नागरिक समाजका संघसंस्थाहरु, सरकारी तथा गैरसरकारी निकायहरु, सञ्चार तथा मुख्य सरोकारवाला निकायहरुको बारेमा जानकारी भएको
  5. परियोजनाको सामान्य चक्र (योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन)को बारेमा ज्ञान र व्यवहारिक अनुभव भएको
  6. आफैँ योजना निर्माण गर्न सक्ने, सोहिको आधारमा कार्यक्षेत्रमा गइ लक्षित वर्गलाई संगठित गर्नुका साथै स्थानिय सरकार र त्यहाँ कार्यारत सरोकारवाला निकायहरूसँग सम्बन्ध विस्तार गर्न सक्ने, उनीहरुलाई अपाङ्गताको बारेमा सचेतीकरण गर्नसक्ने
  7. दिइएको ढाँचामा नेपाली वा अंग्रेजी दुबै भाषामा राम्रो प्रतिवेदन लेख्न सक्ने
  8. परियोजनाको गतिविधिका लागि आवश्यक पर्ने बजेटको तर्जुमा गर्ने सक्ने र सोहिअनुसार खर्चविवरणको आवश्यक कागजात तथा बिलभरपाईसहितको प्रतिवेदन तयार गर्नसक्ने
  9. दिइएको जिम्मेवारीप्रती पूर्णरुपमा इमानदारीता हुनुका साथै सिक्नका लागि एकदमै उत्सुकता भएको
  10. कम्प्युटर तथा ल्यापटमा माईक्रोसफ्ट प्रोग्राम (विशेषतः वर्ड, एक्सेल र पावरप्वाइन्ट) चलाउन सक्ने र इमेल इन्टरनेटको राम्रो ज्ञान भएको
  11. मानविकी तथा शिक्षा, वा अन्य कुनै पनि संकाय अन्तरगत ‌+२ उत्तीर्ण गरी हाल स्नातक तहमा अध्यनरत

निवेदन पेश गर्ने निकाय, तीनको ठेगाना र माध्यम :

सुदुरपश्चिम प्रदेश तथा कैलाली जिल्लाका लागि – राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल, सुदुरपश्चिम प्रदेश
ईमेलः province7@nfdn.org.np
कर्णाली प्रदेश तथा सुर्खेत जिल्लाका लागि – अपाङ्ग सचेतना तथा सञ्चार सेवा केन्द्र, सुर्खेत
ईमेलः dacsc.surkhet@gmail.com

यसरी निवेदन पेश गर्दा ईमेल वा उल्लेखित कार्यालयको ठेगानामा लिखित निवेदन समेत पेश गर्न सकिनेछ ।

निवेदन पेश गर्ने अन्तिम मिति : सूचना प्रकाशित भएको दिनले एकहप्ता नकट्ने गरी (२०८० वैसाख २९ गते ५.०० बजेभित्र) पेश गरिसकेको हुनुपर्नेछ ।

छनौट प्रक्रिया: संस्थाको नियमानुसार प्राप्त्त निवेदनहरुमध्येबाट प्रारम्भिक छनौट गरी प्रतिस्प्रधात्मक प्रक्रिया (लिखित तथा अन्तरवार्ता) बाट गरिनेछ । उक्त छनौटको निर्णय गर्ने सम्पूर्ण अधिकार संस्थामा नीहित रहनेछ । छनौट भएको उम्मेदवारलाई टेलिफोन मार्फत जानकारी गराइनेछ ।

नोटः यस परियोजना अपाङ्गताभित्र पनि अति सीमान्तकृत तथा न्यूनप्रतिनिधित्व भएका अपाङ्गता भएका महिलाहरु विशेषतः दलित, मधेशी, आदिवासी जनजाति, मुस्लिम, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अपाङ्गता भएका व्यक्तिहरु, अति अशक्त अपाङ्गता भएका व्यक्तिहरु, मनोसामाजिक, वौद्दिक, श्रवण-दृष्ट्रिविहीन, अटिज्म, हिमोफिलिया, अल्विनो भएका व्यक्तिहरुमा काम गर्ने भएकोले सोही समुदायका उम्मेदवारलाई पहिलो प्राथमिकता दिइनेछ ।

This job is Expired