अपांगता राष्ट्रिय निर्देशन समितिको विषय विज्ञमा लमजुङ राइनासकी प्रतिमा गुरुङ मनोनीत

२०८० भाद्र १६, शनिबार

लमजुङ–अपांगता राष्ट्रिय निर्देशन समितिको विषय विज्ञमा लमजुङ राइनास नगरपालिका–१० निवासी प्रतिमा गुरुङ मनोनीत हुनुभएको छ ।

अपांगता भएका व्यक्तिहरुको अधिकार सम्वन्धी ऐन २०७४ को दफा ३८ को उपदफा (३) बमोजिम महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्रीस्तरको निर्णायनुसार अपांगता राष्ट्रिय निर्देशन समितिमा ऐनकोे दफा ३८ (२) को खण्ड (थ) बमोजिम अपांगता सम्बन्धी विषय विज्ञमा पुन : दोश्रो पटक गुरुङ मनोनित हुनुभएको हो ।

सबैसंगको सहकार्य र समन्वयमा समग्र अपांगताको क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने समितिमा अपांगतासम्बन्धी विषय विज्ञमा मनोनित हुनुभएकी गुरुङले प्रतिवद्धता व्यक्त गर्नुभयो । उप–प्राध्यापक समेत रहनुभएका गुरुङ सामाजिक एवं शैक्षिक सेवाका क्षेत्रमा निरन्तर क्रियाशिल हुनुहुन्छ । उहाँ विभिन्न प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत एवं सम्मानित भइसक्नुभएको छ ।

यस्तै, अपांगता राष्ट्रिय निर्देशन समितिको सदस्यहरुमा अपांगता सम्वन्धी विषय विज्ञबाट विरेन्द्रराज पोख्रेल, राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याउनेहरुबाट सुदर्शन सुवेदी, नीता केशरी भट्टराई, सेवा प्रदायक संस्थाहरुबाट सुनिता मलेखु ऋषि ढकाल, मनोसामाजिक अपांगताबाट शिला थापा, दृष्टिसम्बन्धी अपांगताबाट सुप्रभा अर्याल, श्वरबोलाइ सम्बन्धी अपांगताबाट सञ्जु भगत, अटिजम अपांगताबाट शोभा कार्की, श्रवण दृष्टिविहिन सम्बन्धी अपांगताबाट लाक्पा शेर्पा, बहुअपांगताबाट विजेश बज्राचार्य, शारिरीक अपांगताबाट सावित्रा घिमिरे, हेमोफिलिया अपांगताबाट नवीनचन्द्र ढुंगेल र सुनाइसम्बन्धी अपांगताबाट लक्ष्मी महर्जन देवकोटा मनोेनीत हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »