११ भाद्र २०८०, सोमबार
कैलाली : कैलालीको धनगढीमा सी.आर.पी.डीको प्रतिवेदन लेखन र प्रकृया सम्बन्धी अभिमुकरण गरिएको छ । सोमवार राष्ट्रि«य आदीवासी जनजाति अपाङग संघ नेपालको आयोजना, सुदूरपश्चिम आदीवासी जनजाति आपाङग संघ नेपालको समन्वय र डिस्एबिलिटी राइट एडभोकेशी राइट फन्टको सहयोगमा प्रतिवेदन लेखन र प्रकृया सम्बन्धी अभिमुकरण कार्याक्रम गरिएको हो । कार्यक्रम्मा बोल्दै राष्ट्रिय आदीवासी जनजाति आपाङग संघ नेपालका अध्यक्ष प्रतिमा गुरुङले जसको सवाल उसको नेतृत्व हुनुपर्ने बताउदै देश संधियतामा गए पनि कानुनीरुपमा अझै नगएको बताईन । अपाङगता भएका व्यक्तिहरुको अन्तराष्ट्रि«य महासन्धी सी.आर.पी.डी लाई हेर्ने हो भने सन् २०१८ मा बुझाएको निस्कर्ष सुझाव अन्र्तगत त्यसको कान्वन्वनको अवस्थाका खाडलहरुलाई कसरी पुर्ने भन्ने विषयमा स्पष्ट गरेको बताईन ।
उनले दोस्रो सी.आर.पी.डी प्रतिबेदन लेख्ने अवस्था आएको बेलामा प्रादेशिक रुपमा सी.आर.पी.डी प्रतिबेदन लेख्न किन जरुरी हुन्छ ? यो प्रतिबेदन हामी सबै अपाङगता भएका व्यक्तिका लागि किन महत्वपुर्ण हुन्छ ? यो प्रतिबेदन लेख्ने समयमा यहाँ भित्र भएका भएका खाडलहरुलाई कसरी पुर्न सकिन्छ र अपाङगता भएका व्व्यक्तिका सवालहरुमा कसरी समेन्ट सकिन्छ भनेर प्रतिबेदनले स्पष्ट गरेको पनि उनले जानकारी गराईन । त्सैगरी डिस्एबिलिटी राइट एडोकेशी राइट फन्ट नेपाल प्रतिनिधि कृष्ण गहतराजले सुदूरपश्चिम प्रदेशमा भएकोआन्दोलनले ठुलो माईन्डस्टोन भएको र त्यसको कार्यान्वयन भयोकी भएन भन्ने सरोकारलाई जवादेही बनाउनु पर्ने बताए ।