नेपालका प्रेरणीय आदिवासी व्यक्तित्व र संघर्षका आयमहरु नामक पुस्तक लोकार्पण

प्रकाशित मिति : २०८० श्रावण २६ गते, शुक्रबार १९:४७

२९ औं विश्व आदिवासी दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ–नेपाल (निडवान) ले आदिवासी अधिकारका लागि विभिन्न तहबाट सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याउनु भएका १२ जना आदिवास जनजाती अभियन्ताहरूको सङ्घर्ष समेटिएको तयार पारिएको पुस्तक लोकार्पण गरिएको छ ।
हिजो साउन २५ गते विहिबारका दिन काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि आदिवासी अभियन्ताहरूको सङ्घर्ष समेटेर तयार पारिएको उक्त पुस्तक लोकार्पण गरिएको छ । यसै अवसरमा आयोजना गरिएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवं आदिवासी जनजाती आयोगका अध्यक्ष रामबहादुर थापाले आदिवासीको प्रथा, सङ्घर्ष र उपलब्धीलाई पछिल्लो पुस्ताकाको योगदानको विषयमा जानकारी गराउन यस पुस्तकले सहयोग गर्ने बताउनु भयो । साथै उहाँले राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपाल (निडवान) ले गरेको यो कामको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य गरी आदिवासी जनजातिको हक हित र अधिकारको लागि योगदान दिनु हुने अन्य व्यक्तिहरुका जीवनीहरु पनि यसरी नै प्रकाशन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
त्यसै गरी राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घका अध्यक्ष ङिमी शेर्पाले पुस्तक प्रकाशन गरेर आदिवासी तथा जनजाती समुदायको ज्ञान हस्तान्तरण, अभिलेखिकरणले निरन्तरता पाउनु पर्ने भन्दै आगामी दिनमा पनि यस्ता सर्जकहरुको योगदानलाई यसरी नै समावेश गर्नु पर्ने र महिलाहरुलाई प्राथामिकताका साथ हरेक निकायहरुमा समावेश गर्नु पर्ने बताउनु भयो ।
राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ–नेपाल (निडवान) ले प्रकाशित गरेको उक्त पुस्तक लोकापर्ण कार्यक्रममा बम कुमारी बुढामगरले यस पुस्तकमा आफ्ने योगदानलाई पनि समावेश गरिएकोमा धन्यवाद दिदै मगर समुदाय लगायत नेपाली आदिवासी समुदायको उत्थानका लागि समुदायले अभ्यास गर्दै आएको, ज्ञान, सीपको प्रवद्र्धनका लागि आफुले राजनीति र सामाजिक पाटोबाट गरेको सङ्घर्षको अभिलेखिकरणलाई पनि समावेश गरिदिनु भएकोमा खुशी व्यक्त गर्नु भयो ।
उक्त पुस्तकका लेखक पत्रकार कुमार यात्रुले निडवानको पहलमा आदिवासी अभियन्ताको जीवनीलाई लेख्ने क्रमको सुरूवात भएको र यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै यस पुस्तकमा समावेश गरिएका १२ जना व्यक्तित्वहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
यसै गरी उक्त पुस्तकका टिप्पणीकर्ता डा. श्री कुमार महर्जनले यस पुस्तकमा महिला तथा पूरुषको समावेशीता रहेको र यस पुस्तकलाई अपाङ्गता मैत्री पनि बनाइएको बताउनु भयो ।

त्यसै गरी सो कार्यक्रमको अध्यक्षता गर्नु भएको राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ–नेपाल (निडवान) की अध्यक्ष एवं प्राध्यापक प्रतिमा गुरूङले निडवानको पहिलो प्रयासको रूपमा प्रकाशित यस पुस्तकलाई अध्ययन गरेर सकारात्मक सुझावको अपेक्षा गरेको बताउनु भयो । साथै उहाँले आदिवासी जनजाती समुदायको हक हित र अधिकार सुनिश्चित गराउनका लागि, यो समुदायको अभियानलाई सफल बनाउनका लागि महत्वपूर्ण योगदान दिने व्यक्तिहरुको असर अभ्यास सिक्न र भावी पुस्ताहरुलाई सिकाउनका लागि यो पुस्तक प्रकाशन गरिएको बताउनु भयो । साथै आगामी दिनहरुमा पनि आदिवासी जनजातिको क्षेत्रमा योगदान दिने अन्य व्यक्तित्वहरुको जीवनी, उहाँहरुको योगदान, संघर्षलाई समावेश गरेर पुस्तक प्रकाशनको कार्यलाई निरन्तरता दिने कुरामा जोड दिनु भयो ।
राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ–नेपाल (निडवान) ले प्रकाशन गरेको उक्त पुस्तकमा नेपालका प्रेरणीय आदिवासी अभियन्ताहरू दिवंगत डा. हर्क गुरुङ, दिवंगत डा. ओम गुरुङ, दिवंगत डा. चैतन्य सुब्बाका साथै अन्य व्यक्तिहरु बमकुमारी बुढामगर, पूर्व राज्यमन्त्री भद्रकुमारी घले, अपाङ्गता अधिकारकर्मी तथा प्राध्यापक प्रतिमा गुरुङ, पूर्व राजदुत डा. गणेश योञ्जन, प्रतिनिधि सभाका सांसद लालवीर चौधरी, अन्तरिम संविधान २०६३ का मस्यौदाकार एवं अधिवक्ता शान्ति कुमारी राई, डा. केशवमान शाक्य, शारीरिक अपाङ्गता भएकी महिला तथा अपाङ्गता अधिकारकर्मी तृप्ता लुङ्गेली मगर र नन्द कन्दङ्वा गरी १२ को जीवनी समेटिएको छ ।
उक्त कार्यक्रममा यी १२ व्यक्तिहरुलाई सम्मान पत्रद्वारा सम्मान पनि गरिएको थियो भने दिवंगत व्यक्तित्वहरु डा. हर्क गुरुङ, डा. ओम गुरुङ, डा. चैतन्य सुव्वालाई मरोणोपरान्त सम्मान गरियो । यो सम्मान उहाँहरुको परिवारको सदस्यलाई हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »